स्पेनको संघर्षपूर्ण जित
आइतबार, २७ असोज २०८१, ०६ : ३०
मड्रिड । यूईफए नेसन्स लिगमा स्पेनले डेनमार्कमाथि संघर्षपूर्ण जित हात पारेको छ । शनिबार भएको खेलमा स्पेन १–० गोलले विजयी बनेको हो ।
युरो २०२४ जितेपछि घरेलु मैदानमा खेलिएको पहिलो खेल निरस बराबरीमा अघि बढिरहँदा मार्टिन जुबिमेन्डीले गरेको एक मात्र गोल निर्णायक बन्यो । ७९ औँ मिनेटमा मिडफिल्डरले गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अङ्क दिलाए । रियल सोसिडाडका खेलाडीको देशका लागि यो पहिलो गोल थियो ।
जितसँगै स्पेनले समूह ए४ मा डेनमार्कलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ । स्पेनको ७ अङ्क छ भने डेनमार्कको ६ अङ्क छ ।
खेलअघि मैदानमा उत्सवको माहौल थियो । गत १४ जुलाईमा इंग्ल्याण्डलाई हराउँदै जितेको युरो २०२४ को ट्रफी परेड गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण