बाबर आजमलाई टोलीबाट हटाउने तयारी
काठमाडौँ । इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा पूर्वकप्तान बाबर आजमलाई पाकिस्तानी टोलीमा समावेश नगरिने भएको छ । निरन्तरको निराशाजनक प्रदर्शनका कारण उनलाई दोस्रो टेस्टका लागि टोलीमा नराख्न छनोट समितिले सुझाव दिएको समाचारमा जनाइएको छ ।
पहिलो टेस्टमा घरेलु मैदानमा इङ्ल्यान्डसँग लज्जास्पद हात भोगेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आफ्नो राष्ट्रिय टोली छनोट समितिमा पनि परिवर्तन गरेको थियो । नयाँ छनोट समितिले नै बाबर आजमलाई टोलीमा समावेश नगर्न सुझाव दिएको बताइएको छ ।
इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टमा पनि बाबर आजमले निकै कमजोर प्रदर्शन गरेका थिए । उनी पहिलो पालीमा केवल ३० रन बनाउँदै आउट भएका थिए । दोस्रो पालीमा पनि उनी केवल पाँच रनमै पभेलियन फर्किएका थिए ।
उक्त टेस्टमा भ्रमणकारी इङ्ल्यान्डले पाकिस्तानलाई एक पाली र ४७ रनको विशाल अन्तरले हराएको थियो । पाकिस्तान र इङ्ल्यान्डबिचको दोस्रो टेस्ट अक्टोबर १५ तारिखमा मुल्तानमै सुरु हुँदैछ । तेस्रो तथा अन्तिम टेस्ट भने अक्टोबर २४ तारिखदेखि रावलपिण्डीमा सुरु हुनेछ ।
पाकिस्तानी टोली छनोट समितिको बैठक शनिबार मुल्तानमा बसेको थियो । सोही बैठकले बाबर आजमलाई टोलीबाट हटाउन सुझाव दिएको समाचारमा जनाइएको छ । हाल पाकिस्तानी टोली सान मसुदको कप्तानीमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण