हत्या गरिएका बाबा सिद्दिकीले यसरी गराएका थिए सलमान–शाहरुखको ‘प्याच–अप’
नयाँ दिल्ली । राष्ट्रिय कांग्रेस पार्टी (एनसीपी)का वरिष्ठ नेता बाबा सिद्दिकीको गोली हानी हत्या भएको छ । सिद्दिकी आफ्नो राजनीतिक करियरभन्दा बाहिर इफ्तार पार्टीका लागि बढी चर्चित थिए ।
बलिउड सेलिब्रेटीका लागि उनी भव्य इफ्तार पार्टी आयोजना गर्थे, जसमा धेरै सेलिब्रेटीहरू पनि उपस्थित हुन्थे । एक पटक इफ्तार पार्टीको बहानामा उनले शाहरुख खान र सलमान खानबीचको वर्षाैं पुरानो झगडालाई अन्त्य गराएका थिए ।
सन् २००८ मा शाहरुख खान र सलमान खानबिच झगडा भएको थियो । यो झगडा कट्रिना कैफको जन्मदिनको पार्टीमा भएको थियो ।
पार्टीमा दुवैबीच चर्काे विवाद भएको थियो । त्यसपछि ५ वर्षसम्म शाहरुख–सलमान खानले एकअर्कासँग कुरा गरेनन् ।
एक अर्काबाट दुरी कायम राखे । यो लडाइँपछि सलमान र शाहरुखको फ्यानहरू समेत एक अर्काका कट्टर दुस्मन बने । ।
तर, २०१३ मा बाबा सिद्दिकीको इफ्तार पार्टी बलिउडको इतिहासमा अविस्मरणीय पल बन्यो । उनीहरू दुवैले आफ्नो झगडा समाप्त गरुन् भनेर पार्टीमा बाबाले शाहरुख खानलाई सलमानका बुवा सलीम खानको छेउमा बसाएका थिए ।
सलमान आउनुअघि शाहरुखले सलीम खानसँग कुरा गरिरहेका थिए । त्यसपछि सलमान आएर शाहरुखलाई अँगालो हाल्छन् ।
पार्टीमा शाहरुख खान र सलमान खानले अँगालो हाल्दा बाबा सिद्दिकी खुसी भएका थिए । उनले दुवैको काँधमा काँध मिलाएर उभिएर फोटो खिचेका थिए । यसरी यो एक अविस्मरणीय क्षण बन्यो ।
त्यसपछि शाहरुख र सलमानले एकअर्काको फिल्ममा क्यामियो गरे । शाहरुख खानको ‘पठान’ मा सलमानको लामो क्यामियो थियो भने ‘टाइगर ३’ मा शाहरुखको लामो क्यामियो थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण