लरेन्स बिश्नोई गिरोहले लियो सिद्दिकीको हत्याको जिम्मेवारी, सलमानलाई पनि धम्की
नयाँ दिल्ली । भारतको लरेन्स बिश्नोई गिरोहले बाबा सिद्दिकीको हत्याको जिम्मेवारी लिएको छ । उक्त गिरोहले सामाजिक सञ्जालमा पोस्ट शेयर गरेर यसको जिम्मेवारी लिएको हो ।
मुम्बई पुलिस यस पोस्टको प्रामाणिकता प्रमाणित गर्न व्यस्त छ । गए राति गोली हानेर एनसीपी नेता बाबा सिद्दिकीको हत्या गरिएको थियो । गोली लागेका सिद्दिकीलाई मुम्बईको लिलावति अस्पतालमा भर्ना गरिएको भए पनि उनलाई बचाउन सकिएन ।
प्रहरीले दुई आक्रमणकारीलाई पक्राउ गरेको थियो । लरेन्स बिश्नोई गिरोहले अभिनेता सलमान खानलाई पनि धम्की दिएको छ । सिद्दिकीमाथि गोली प्रहार भएपछि सलमान खानको घरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सलमान सिद्दिकीसँग नजिक थिए ।
अस्पतालबाट सिद्दिकीको पार्थिव शरीर उनको घरमा ल्याइएको छ । साँझ सात बजे उनको घरमा अन्त्येष्टि अघिको नमाज पढिनेछ । त्यसपछि राति करिब साढे आठ बजे मुम्बईको ठुलो कब्रिस्तानमा उनको अन्त्येष्टि गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण