साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमै आयोजना हुने साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि सोमबार आफ्नो टोलीको घोषणा गरेको छ । एन्फाले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
टोलीमा एन्जिलाका अतिरिक्त अञ्जना रानामगर र उषा नाथले पनि गोलरक्षकका रूपमा स्थान पाएका छन् । डिफेन्डरका रूपमा गीता राणा, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला बिक, हिराकुमारी भुजेल र सजनी थोकरलाई समेटिएको छ ।
यसैगरी, मिडफिल्डरका रूपमा रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी रहेका छन् । टोलीमा अग्रपँक्तिको खेलाडीका रूपमा रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारीले स्थान पाएका छन् ।
साफ महिला च्याम्पियनसिप आगामी कार्तिक १ देखि १४ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बंगलादेशको सहभागिता रहने छ ।
प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान र साबिक विजेता बंगलादेश रहेका छन् । प्रतियोगिताको समूह ‘बी’ मा भने नेपाल, श्रीलङ्का, भुटान र माल्दिभ्स रहेका छन् ।
प्रतियोगिताका सहभागी टोलीहरुलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकालीस्थित खेल मैदान र लगनखेल खेल मैदान र सेन्ट जेभियर्स स्कुलको खेल मैदानमा प्रशिक्षणको व्यवस्था मिलाइएको छ ।
प्रतियोगिताको अनुमानित बजेट चार करोड ६० हजार आठ सय रुपैयाँ रहेको छ । प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला टोलीले प्रमुख प्रशिक्षक राजेन्द्र तामाङको प्रशिक्षकत्वमा तयारी गरिरहेको एन्फाले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेल चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिच खेलिने छ । नेपाली टोलीले भने आफ्नो पहिलो खेल कार्तिक २ गते साँझ भुटानसँग खेल्नेछ । प्रतियोगितामा सहभागी हुन पाकिस्तानको टोली काठमाडौँ आइसकेको छ । अन्य टोलीहरू पनि आउने क्रम जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण