इटालीको जितमा तेस्रो पुस्ताका माल्दिनीको डेब्यू
रोम । यूईएफए नेसन्स लिगमा इजरायलमाथि सहज जित निकाल्ने क्रममा इटालीका लागि माल्दिनी परिवारको तेस्रो पुस्ताले डेब्यू गरेका छन् । इटाली ४–१ गोलले विजयी भएको खेलमा ड्यानियल माल्दिनीले टोलीका लागि डेब्यू गरेका हुन् ।
उनको डेब्यू खेलमा इटालीका लागि १२६ खेल खेलेका पिता पाओलो र १४ खेल खेलेका हजुरबुवा सिजेर पनि दर्शकका रूपमा उपस्थित थिए । २३ वर्षीय मिडफिल्डर उनका पिता र हजुरबुबा जस्तै मिलानका लागि खेल्छन् ।
खेल सकिन १६ मिनेट बाँकी छँदा उनी जियाकोमो रास्पाडोरीको स्थानमा मैदान प्रवेश गरेका थिए । इटालीको राष्ट्रिय टोलीका लागि हजुरबुवा, बुवा र छोराले खेलेको यो पहिलो अवसर हो ।
खेलमा इटालीका लागि जियोभानी डी लोरेन्जोले दुई गोल गरे भने माटेयो रेटेगुई र डेभिडे फ्राटेसीले १–१ गोल गरे । इजरायलका लागि मोहम्मद अबु फानीले एक मात्र सान्त्वना गोल गरे ।
लिगको समूह ए२ मा इटाली ४ खेलबाट १० अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ । इजरायल भने हालसम्म अङ्कविहीन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण