‘छक्कापञ्जा ५’ ले ५ दिनमा कति कमायो ?
काठमाडौँ । फिल्म ‘छक्कापञ्जा ५’ घरेलु बक्स अफिसमा राम्राे कमाइ गरेको छ । प्रदर्शनको सुरुको दिनदेखिनै राम्रो कमाउँदै अगाडि बढेको फिल्मले सोमबारसँग ८ करोडभन्दा बढीको व्यवसाय गरेको वितरक मनोज राठीले बताए ।
‘फिल्मले सोमबार साँझसम्म ८ करोड बढीको व्यवसाय गरिसकेको छ । यकिन विवरण साँझ मात्र भन्न सकिन्छ’, राठीले भने, ‘फिल्मको आम्दानी सोचेभन्दा राम्रो छ ।’ फिल्मले सुरुवातको दिन देखिनै राम्रो व्यवसाय गर्न सफल भएको कारण यतिछिटो यति धेरै व्यवसाय गरेको राठीको भनाई छ ।
सुरुको दिनमा प्रतिस्पर्धी फिल्म भन्दा करिब डबल पाएको फिल्मले प्राप्त शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौतीलाई सजिलै पार गर्दै अगाडि बढिरहेको दाबी गरिएमो छ । यसपटक यो फिल्मको कमाइ काठमाडौँ उपत्यकासँगै मोफसलमा पनि अधिक देखिएको छ ।
फिल्मले अस्ट्रेलिया र अमेरिकामा पनि राम्रो व्यवसाय गर्न सफल भएको निर्माण पक्षको दाबी छ ।
दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा शिवाकोटी, मेक्सम गौडेल, राजाराम पौडेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण