गाजामा इजरायली आक्रमण, २६ प्यालेस्टाइनीको मृत्यु
काठमाडौँ । गाजापट्टीमा इजरायली आक्रमणमा परेर २६ प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरूकाअनुसार मङ्गलवार आक्रमणमा परेर २६ प्यालेस्टाइनीको मृत्यु भएको हो ।
जबलिया शरणार्थी शिविरको अल–फलुजा क्षेत्र नजिकै इजरायली गोलाबारीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको र दक्षिणी गाजाको खान युनिस शहरको पूर्वमा रहेको एक बसोबास घरलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा कम्तीमा पनि १० जना मारिएका छन् ।
उनीहरूले मध्य गाजाको नुसेरात शिविरमा रहेको घरमा इजरायली बमबारीमा मारिएका थप पाँच जनालाई अल–अक्सा अस्पतालमा सारिएको उल्लेख गरेका छन् । प्यालेस्टिनी सुरक्षा स्रोतहरूकाअनुसार इजरायली ट्याङ्कहरूले जबलिया शरणार्थी शिविरलाई लगातार ११ औं दिनसम्म घेराबन्दी गर्न जारी राखेका छन् ।
गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४२ हजार ३४४ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण