छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका-७ खस्रेखानस्थित सडकमा महेन्द्रनगरबाट बैतडी पुर्चौडीतर्फ जाँदै गरेको ना.८ ख १०७८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर गए राति दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका-३ बस्ने ४५ वर्षीया जैमती बोहरा, २१ वर्षीय सहदेव बोहरा, उनकै श्रीमती २० वर्षीया कमला बोहरा र उनकै नाबालक छोराको मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका १२ जना मध्ये १० जनालाई थप उपचारको लागि धनगढी कैलालीतर्फ पठाइएको छ भने २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यसैगरी सिन्धुलीको मरिण गाउँपालिका-७ ठाँटीस्थित सडकमा सिन्धुलीबाट छापतर्फ आउँदै गरेको बा.८६ प ६०३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मरिण गाउँपालिका-७ बस्ने १८ वर्षीय संदिप स्याङतानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी मुस्ताङको घरपझोङ गाउँपालिका-२ सामाग्रीस्थित सडकमा बेनिबाट जोमसोमतर्फ आउँदै गरेको बा.७६ प ४२१० नम्बरको मोटरसाइकललाई ना.१ च ७६९२ नम्बरको कारले मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा घर भई काठमाडौँ बस्ने ३३ वर्षीय संजय खड्काको मृत्यु भएको छ ।
र्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरि कैलालीको भजनी नगरपालिका-७ चर्रास्थित सडकमा पनि से.१ त १७८६ नम्बरको ट्याक्टर र से.६ प १०६१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कैलारी गाउँपालिका-५ बस्ने २३ वर्षीय आशिष कुमार चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नवजिवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण