बर्दिबास–सिन्धुली–बर्खे खोला सडक खण्ड रातको समयमा बन्द रहने
काठमाडौँ । बिपी राजमार्ग अन्तरगत बर्दिबास–सिन्धुली–बर्खे खोला सडक खण्ड रातको समयमा बन्द रहने भएको छ ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ मातहतको सडक डिभिजन खाल्टेले बुधबार एक सूचना जारी गर्दै ट्र्याकको मर्मत तथा स्तरोन्नति कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकाले हाललाई बेलुका ६ बजे देखि बिहानको ४ बजेसम्म सो सडक खण्ड बन्द रहने जनाएको हो ।
गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरोका कारण राजमार्गको नेपालथोक–बर्खे खोला सडक खण्ड (सिन्धुली)को करिब ४ किलोमिटर भन्दा बढी लम्बाईको सडक पूर्ण रूपले बगाएको थियो ।
त्यसपछि ट्रयाक निर्माण गरी साना यात्रु वाहक सवारीको लागि मात्र आवागमन खुलाइएको भन्दै सडक डिभिजन खाल्टेले सिन्धुली र काभ्रे जिल्ला अन्तर्गत क्षतबिक्षत रहेको सडक खण्डहरुमा ट्र्याकको थप मर्मत तथा स्तरोन्नति कार्य गरेर यात्रा सुरक्षित बनाउन लागिएको सूचनामा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण