तरलता व्यवस्थापन गर्न बजारबाट एकैदिन एक खर्ब उठाउँदै राष्ट्र बैंक
बुधबार, ३० असोज २०८१, २१ : ०४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट एकै दिन एक खर्ब उठाउने भएको छ । कात्तिक १ गते बिहीबार बैंकले १३ दिन अवधि भएको एक सय अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्न लागेको हो ।
यसका लागि बैंक तथा वित्तीय संस्थालाई दिउँसो ३ बजेसम्म अनलाइन विडिङमार्फत् निक्षेपको दर बोलकबोल गर्न आह्वान गरिएको छ ।
अहिले बजारमा अधिक तरलताको अवस्था छ । चाडबाडको समयमा पनि अपेक्षित रूपमा निक्षेप बढ्न नसक्दा बैंकिङ क्षेत्रमा तरलता थुप्रिएर बसेको छ । चाडबाड सकिएसँगै जनताको हातमा गएको पैसा पनि धमाधम बैंकिङ च्यानलमा आउन थालेको छ । दशैं अघिको अन्तिम दिनको तुलनामा दसैं बिदापछिको पहिलो दिन झन्डै ३९ अर्ब रुपैयाँ थप तरलता बैंकिङ क्षेत्रमा थपिएको छ ।
यस्तो अवस्थाबिच दुई साता अवधिका लागि बजारबाट राष्ट्र बैंकले १०० अर्ब रुपैयाँ तान्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप