तरलता व्यवस्थापन गर्न बजारबाट एकैदिन एक खर्ब उठाउँदै राष्ट्र बैंक
बुधबार, ३० असोज २०८१, २१ : ०४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट एकै दिन एक खर्ब उठाउने भएको छ । कात्तिक १ गते बिहीबार बैंकले १३ दिन अवधि भएको एक सय अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्न लागेको हो ।
यसका लागि बैंक तथा वित्तीय संस्थालाई दिउँसो ३ बजेसम्म अनलाइन विडिङमार्फत् निक्षेपको दर बोलकबोल गर्न आह्वान गरिएको छ ।
अहिले बजारमा अधिक तरलताको अवस्था छ । चाडबाडको समयमा पनि अपेक्षित रूपमा निक्षेप बढ्न नसक्दा बैंकिङ क्षेत्रमा तरलता थुप्रिएर बसेको छ । चाडबाड सकिएसँगै जनताको हातमा गएको पैसा पनि धमाधम बैंकिङ च्यानलमा आउन थालेको छ । दशैं अघिको अन्तिम दिनको तुलनामा दसैं बिदापछिको पहिलो दिन झन्डै ३९ अर्ब रुपैयाँ थप तरलता बैंकिङ क्षेत्रमा थपिएको छ ।
यस्तो अवस्थाबिच दुई साता अवधिका लागि बजारबाट राष्ट्र बैंकले १०० अर्ब रुपैयाँ तान्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
-
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
-
सुनसरी घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता
-
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
-
दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
-
सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण