भ्यालेन्टाइन डेमा ‘ताण्डवम्’ प्रदर्शन हुने
काठमाडौंँ । फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डेको दिन पारेर आगामी फागुन २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
लामो समयदेखि नेपाली फिल्ममा कलरिष्टको रुपमा काम गर्दै आइरहेका जुनिम गहतराजको निर्देशमा डेब्यु यो फिल्मको पोस्टरमा एक व्यक्ति हातमा बेल्चा लिएर देखिएका छन् । तर ती पात्रको अनुहार देखाइएको छैन । उनको अगाडि ट्रकको तीनवटा बत्ती बलेका छन् । पोस्टरले फिल्म सस्पेन्स–थ्रिलर कथामा बनेको अनुमान गर्न सकिन्छ ।
निर्देशक गहतराजले फिल्मको कथाको कनेक्सन धर्मसँग रहेको जानकारी दिए । फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ । अनिरुद्द आत्रेय र हुसेनको लेखन (कथा, पटकथा तथा संवाद) रहेको फिल्मलाई धन कुमारी गहतराज, सविना मगर र मनिष गौतमले निर्माण गरेका हुन् ।
फिल्ममा अंकित खड्का, पुस्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डे, सरिना मगर, जुनीम गहतराज लगायतको अभिनय छ । हरि घले लामाको छायांकन तथा सम्राट बस्नेतको द्वन्द्व निर्देशन फिल्ममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण