पूर्वमन्त्री किरातीले गरे सहिद परिवारलाई घर हस्तान्तरण
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले सहिद सन्देश राईको परिवारलाई घर हस्तान्तरण गरेका छन् । मतदाता भेटघाटका लागि जिल्ला पुगेका किरातीले गत शुक्रबार सहिद परिवारका लागि बनाइएको घर हस्तान्तरण गरेका हुन् । जिल्लाको पौवादुङ्मा गाउँपालिका– ६ ठुलो दुङ्मामा सहिद सन्देशका बुवा आमालाई एक कार्यक्रमकाबिच नयाँ घर हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै नेता किरातीले जनयुद्ध र सहिदहरूमाथि अपमान नगर्न चेतावनी दिएका थिए।
‘यो व्यवस्था त्यति सजिलोसँग आएको हैन । आज जसरी देशको प्रधानमन्त्री देखी तलका वडाध्यक्षसम्मका जनप्रतिनिधिले शासक प्रवृत्ति देखाइरहेका छन् यो राम्रो होइन । यो सरासर जनयुद्ध र जनयुद्धका सहिदहरू माथिको अपमान हो । कुर्सीमा आज विराजमान भएर जनतामाथि शासनको डण्डा चलाइरहेका छौँ । जनयुद्ध र सहिदहरूमाथि अपनान नगर्न मेरो चेतावनी छ’, उनले भनेका थिए ।
दश वर्षे जनयुद्धका बेला २०६० माघ ९ गते उदयपुरमा तत्कालीन शाही सेनासँगको मुठभेडमा सहिद भएका सन्देशका आमा बुवालाई स्थानीय पार्टीको सक्रियतामा रु. पाँच लाखमा घर निर्माण गरिएको गाउँ पार्टी अध्यक्ष सन्तोष मुक्मिनले बताएका छन् । घर निर्माणमा सङ्घीय सांसद समेत रहेका किरातीले छानोका लागि एक महिनाको सेवा सुविधा बापतकाे रु ८० हजार रकम उपलब्ध गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण