‘प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ’
बिहीबार, ०१ कात्तिक २०८१, १४ : ४९
जनकपुर । नेपाली कांग्रेसका नेता तथा सङ्घीय सांसद विमलेन्द्र निधिले हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्नेमा जोड दिएका छन् । पूर्वगृहमन्त्री समेत रहेका निधिले जनकपुरधाम विमानस्थलमा आज कुरा गर्दै भने, “सबैले प्रदेश प्रहरी समायोजन भन्दैछन् मैले भने सङ्गठन भन्छु । त्यो सरकारले समायोजन गरेर होस् या नयाँ भर्ना गरेर, तर प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ ।”
सङ्घीयता कार्यान्वयनको सात वर्ष बितिसक्दा पनि प्रदेश प्रहरी ऐन पारित नहुनु दुःखद भएको उनको भनाइ छ । उनले भने, “आफ्नो प्रहरी सङ्गठनको अभावमा विभिन्न्न समस्या हुने गरेको गुनासो प्रत्येक प्रदेशबाट आउने गरेको छ ।” जबसम्म्म प्रदेशमा आफ्नो प्रहरी सङ्गठन हुँदैन तबसम्म प्रदेश सरकार सञ्चालन प्रभावकारी नहुने उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण