कांग्रेसको नगर कमिटी सचिवबाट राजीनामा दिएर रास्वपाको जिल्ला सभापति
बिहीबार, ०१ कात्तिक २०८१, १९ : ०६
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुर्खेत जिल्ला कमिटी गठन भएको छ । यातायात व्यवसायी रमेशकुमार सापकोटाको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन भएको हो ।
सभापति बनेका सापकोटा यसअघि नेपाली कांग्रेसका आबद्ध थिए । कांग्रेस वीरेन्द्रनगर नगरपालिकाको सचिव समेत रहेका सापकोटा काँक्रेबिहार यातायात प्रालिका अध्यक्ष समेत हुन् ।
उनले बुधवार मात्रै कांग्रेस पार्टी परित्याग गरेका थिए । उनले आफूसँगै एक दर्जन कांग्रेस कार्यकर्ताहरूलाई समेत रास्वपाका लगेर गएका छन् ।
रास्वपाको बिहीबार बसेको जिल्ला भेलाले उनै सापकोटालाई सभापति चयन गरेको छ । यस्तै उपसभापतिका जगत बस्नेत, सचिवमा बिनम शाही, सहसचिवमा भूपेन्द्रबहादुर थापा र कोषाध्यक्षमा डिल्लीसरा सलामी चयन भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण