कांग्रेसको नगर कमिटी सचिवबाट राजीनामा दिएर रास्वपाको जिल्ला सभापति
बिहीबार, ०१ कात्तिक २०८१, १९ : ०६

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुर्खेत जिल्ला कमिटी गठन भएको छ । यातायात व्यवसायी रमेशकुमार सापकोटाको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन भएको हो ।
सभापति बनेका सापकोटा यसअघि नेपाली कांग्रेसका आबद्ध थिए । कांग्रेस वीरेन्द्रनगर नगरपालिकाको सचिव समेत रहेका सापकोटा काँक्रेबिहार यातायात प्रालिका अध्यक्ष समेत हुन् ।
उनले बुधवार मात्रै कांग्रेस पार्टी परित्याग गरेका थिए । उनले आफूसँगै एक दर्जन कांग्रेस कार्यकर्ताहरूलाई समेत रास्वपाका लगेर गएका छन् ।
रास्वपाको बिहीबार बसेको जिल्ला भेलाले उनै सापकोटालाई सभापति चयन गरेको छ । यस्तै उपसभापतिका जगत बस्नेत, सचिवमा बिनम शाही, सहसचिवमा भूपेन्द्रबहादुर थापा र कोषाध्यक्षमा डिल्लीसरा सलामी चयन भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
-
विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी तीन महिनादेखि अन्धकारमा बस्न बाध्य