पुबुदु दशानायके राष्ट्रिय टोलीको मेन्टर नियुक्त
काठमाडौँ । नेपालका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायके अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई सिरिजका लागि राष्ट्रिय टोलीको मेन्टर नियुक्त भएका छन् । दशानायके बिहीबार राष्ट्रिय टोलीको मेन्टर नियुक्त भएको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको हो ।
हालैमात्र उनी निकट भविष्यमा आयोजना हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक जनकपुर बोल्ट्सको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए ।
५४ वर्षीय दासानायके नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पनि हुन् । उनको प्रशिक्षकत्वमा नेपाली राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा केही महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो । उनकै प्रशिक्षकत्वमा नेपालले सन् २०१४ मा पहिलो पटक आईसीसी टी–२० विश्वकप पनि खेलेको थियो ।
श्रीलंकामा जन्मिएका दासानायके पछि क्यानडामा बसाई सरेका थिए । उनले श्रीलंकाली राष्ट्रिय टोलीबाट लामो समय क्रिकेट खेलेका थिए । उनले सन् १९९३ को अगस्तमा श्रीलंकाली टोलीबाट दक्षिण अफ्रिकाविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण