प्रतिपक्षी दलको बैठकमा सत्तामा रहेका महन्थ ठाकुर सहभागी !
शुक्रबार, ०२ कात्तिक २०८१, १० : २८
काठमाडौँ । प्रतिपक्षी दलहरूको भनिएको बैठकमा सत्तापक्षमा रहेका लोसपा नेपालको समेत सहभागिता रहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वान शुक्रबार बानेश्वरमा बसिरहेको बैठकमा उनको पनि सहभागिता रहेको छ । तर, लोसपाका नेताहरु ठाकुर विपक्षी दलको बैठकमा किन गए भन्नेमा अनविज्ञ देखिए । लोसपाका एक नेताले भने, ‘उहाँ पीए पनि नलिइकन बैठक जानु भएको खबर छ । किन जानु भयो फर्किएपछि थाहा होला !’
प्रचण्डको सचिवालयका सदस्य नरेन्द्र केसीले आज बसिरहेको बैठक विपक्षी दलकै भएको बताए । तर, ठाकुरको सहभागिताबारे आफूलाई थाहा नभएको उनको भनाइ छ ।
लोसपाबाट केपी ओली नेतृत्वको सरकारमा शरतसिंह भण्डारी मन्त्री छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण