ट्रम्पमाथिको आक्रमण : गुप्तचर सेवामा आमूल परिवर्तन गर्नुपर्ने प्रतिवेदनको ठहर
वासिङ्टन । अमेरिकी सिक्रेट सर्भिसले जारी गरेको एक प्रतिवेदनमा आफूमा धेरै कमीकमजोरी रहेको र त्यसलाई तत्काल सच्याउनुपर्ने उल्लेख गरिएको छ ।
यी त्रुटिहरूलाई छिट्टै सच्याइएन भने पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण जस्ता घटनाहरू भविष्यमा पनि जारी रहन सक्ने प्रतिवेदनमा उल्लेख छ।
गत जुलाईमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोलीकाण्डको अनुसन्धान एक स्वतन्त्र समितिले गरेको थियो । यस समितिले बिहीबार आफ्नो अनुसन्धानको नतिजा सार्वजनिक गरेको हो । यो अनुसन्धानको नतिजाले अमेरिकी गुप्तचर सेवामा कर्मचारीतन्त्र बढेको र यस संस्थामा कुनै सुधार नरहेको देखाएको छ ।
५२ पृष्ठको प्रतिवेदनमा भनियो, ‘सिक्रेट सर्भिसमा आमूल परिवर्तनको आवश्यकता छ।" यस संस्थाको असफलताका कारण डोनाल्ड ट्रम्पमाथि आक्रमण भएको थियो ।’
सिक्रेट सर्भिसले डोनाल्ड ट्रम्पमाथि गोलीबारीको घटनामा आफ्नो गल्ती स्वीकार गरेको थियो। घटना भएको केही दिनमै संस्थाका निर्देशकले पनि राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण