एक खर्बको निक्षेप उपकरणमा ३२ अर्ब मात्रै माग, बैंकहरुले किन देखाएनन् चासो ?
काठमाडौँ । बिहीबार नेपाल राष्ट्र बैंकले एकैपटक १ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्यो । बजारमा अधिक तरलताको अवस्था देखिएपछि यसलाई व्यवस्थापन गर्न यस्तो उपकरण जारी गरिएको थियो । तर, तोकिएको अवधिभित्र करिब ३२ अर्ब ५ करोड रुपैयाँ बराबरको निक्षेपमा मात्रै बोलकबोल भयो । राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले कुल अनुसार ३२ अर्ब ५ करोड रुपैयाँको लागि मात्रै आवेदन परेको जनाएको छ ।
यसका लागि न्यूनतम २.९०६५ प्रतिशत र अधिकतम ३ प्रतिशत ब्याजदरको बोलकबोल गरिएको थियो । औसत ब्याजदर भने २.९९६२ प्रतिशत प्रस्ताव गरिएको विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारी बताउँछन् । यो बोलबमोलमा जम्मा आठवटा बैंक तथा वित्तीय संस्था मात्रै सहभागी भएका थिए ।
किन देखिएन यो उपकरणमा आकर्षण ?
बिहीबार राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मात्रै जारी गरेन । स्थायी निक्षेप सुविधा अन्तर्गत पनि बजारबाट पैसा उठाएको थियो । एक साता अवधि हुने यस अन्तर्गत बैंकहरुले ३ खर्ब ५ करोड रुपैयाँ बराबरको सुविधा लिएका थिए । यो उपकरणको अवधि ७ दिनको हुन्छ । यसको ब्याजदर ३ प्रतिशत तोकिएको हुन्छ । अर्कोतर्फ निक्षेप संकलन उपकरणको ब्याजदर भने बोलकबोलको आधारमा तय हुन्छ । अवधि दुई साता हुन्छ ।
कार्यकारी निर्देशक भण्डारीका अनुसार निक्षेप बोलकबोल उपकरणमा कम आवेदन पर्नुको कारण स्थायी निक्षेप सुविधा हो । भण्डारी भन्छन्, ‘यसमा आकर्षण कम देखिएको भन्ने होइन, एसडीएफमा ३ खर्ब माग भएकोले यतापट्टि कम माग भएको मात्रै हो ।’
यी दुई उपकरणमार्फत् मात्रै राष्ट्र बैंकले एकैदिन ३ खर्ब ३२ अर्ब १० करोड रुपैयाँ बराबरको तरलता बजारबाट खिचेको छ । अहिले अन्तरबैंक ब्याजदर २.९७ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण