रविले भने, ‘सरकार मर्यो, हामीलाई जुठो पर्यो'
शुक्रबार, ०२ कात्तिक २०८१, १७ : ३४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको टिप्पणी गरेका छन् ।
कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सरकार मरेर आफूलाई जुठो परेको बताएका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै लेखेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ? तपाई बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने ?’
लामिछानेलाई सहकारीको रकम अपचलन आरोपमा प्रहरीले शुक्रबारै पक्राउ गरिसकेको छ ।