सुर्यदर्शन सहकारी ठगी प्रकरण
रविलाई स्थलमार्गबाटै पोखरातर्फ लगियो
शुक्रबार, ०२ कात्तिक २०८१, १९ : ०७
काठमाडौँ । शुक्रबार साँझ पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई स्थलमार्गबाटै पोखरातर्फ लगिएको छ ।
उनलाई गाडीबाटै पोखरा लगिँदै गरिएको प्रहरीले जनायो । लामिछानेकै इच्छा अनुसार प्रहरीले लामिछानेलाई गाडीबाट लगेको जनाइएको छ ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् ।
सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण