गौशाला धर्मशाला विवाद : पर्यटनमन्त्रीले बोलाएको कोष सञ्चालक परिषद्को बैठक स्थगित
काठमाडौँ । पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न बोलाइएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक स्थगित भएको छ ।
कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको आह्वानमा आइतबार बिहान बैठक बस्ने भनिएपनि उच्च अदालत पाटनमा यसबारेमा मुद्दा विचाराधीन रहेकाले बैठक स्थगित भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले रातोपाटीलाई जानकारी दिए ।
कात्तिक २ गते गौशाला धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश डालकुमार खड्काको एकल इजलासले पहिलो सुनुवाइ गर्दै शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्दामा अन्तरिम आदेशका लागि छलफल गर्न सोमबारका लागि पेसी तोकिएको छ ।
यसअघि कोषले काठमाडौँ महानगरपालिकालाई धर्मशाला व्यवस्थापन गर्ने गरी सहमति गरेको थियो । त्यसअनुसार महानगरपालिकाले धर्मशाला प्रवेश गर्न खोज्दा मारवाडी समितिले रोकेर विरोध जनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
-
सरकारलाई सोनम वाङचुकको पत्र : आश्वासन पाए अनशन तोड्ने, नभए अनिश्चितकालीन आन्दोलन
-
निर्माणाधीन जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो
-
स्वास्थ्यसम्बन्धी तीन वटा ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण