‘ह्रस्व दीर्घ’मा रेखाको भूमिका कस्तो ?
काठमाडौँ । कार्तिक ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘ह्रस्व दीर्घ’ । चन्द्र पन्त निर्देशित फिल्मको निर्माता अभिनेत्री निता ढुङ्गाना र अभिनेता हरिहर अधिकारी हुन् ।
फिल्ममा निता र हरिहरसँगै चर्चित दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, अलि, सुनिल बर्मा, कबिर दुहान बलिउड कलाकार प्रदीप रावतसँगै बिपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, प्रशान्त ताम्राकार, रवीन्द्र झा लगायत कलाकारको समेत अभिनय छ ।
फिल्मको केही दिन अगाडि एक टिजर सार्वजनिक भएको छ । जसमा अभिनेत्री रेखा थापा पनि निकै आक्रामक अवतारमा देखिएकी छन् । टिजर हेर्दा फिल्ममा रेखाको नेगेटिभ भूमिका रहेको अनुमान गर्न सकिन्छ । निर्माण युनिट भने फिल्ममा रेखाको सर्प्राइज प्याकेज रहेको बताएको छ । अभिनेत्री रेखा थापाले भने आफ्नो भूमिकाको विषयमा अहिलेसम्म मुख खोलेकी छैनन् ।
टिजरप्रति दर्शकले सकारात्मक प्रतिक्रिया समेत जनाएका छन् ।
फिल्मका निर्देशक पन्त भने ‘ह्रस्व दीर्घ’ले सबै वर्ग, समुदाय र भाषाका दर्शकको मन जित्ने हिसाबले निर्माण गरेको बत्ताउँछन् । उनले फिल्म नेपालीसँगै भारतका विभिन्न भाषामा सार्वजनिक प्रदर्शनमा आउने जानकारी दिए । फिल्मलाई व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण अधिकार लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण