मधुमेहका रोगीले बदाम खान हुन्छ ?
काठमाडौँ । कसैलाई एक पटक मधुमेह भयो भने के खानु हुन्छ के खानु हुन्न भन्ने प्रश्नले निकै पिरोल्छ । हरेक चिन्ताको एउटै हुन्छ, त्यो हो– खानामा रगतमा चिनीको मात्रा बढाइदिने वस्तु त पर्दैन । त्यसैले मधुमेहका बिरामीहरू सामान्य समयमा शरीरका लागि स्वास्थ्यकर हुने तर मधुमेहमा त्यसले कस्तो असर पार्छ भन्ने कुरामा प्रायः अन्योलमा रहन्छन् । यस्ता चीजहरूमा बदामको नाम पनि पर्छ । त्यसो भए मधुमेहको समस्या भएपछि पनि बदाम खान सकिन्छ ?
मधुमेहका बिरामीले बदाम खान मिल्छ कि मिल्दैन ? हेल्थ लाइनमा प्रकाशित जानकारी अनुसार मधुमेहका बिरामीका लागि बदाम खानु हानिकारक हुँदैन । बदामको ग्लाइसेमिक इन्डेक्स र ग्लाइसेमिक लोड दुवै कम हुनु यसको मुख्य कारण हो । बदाममा पोषक तत्त्वहरू पनि प्रशस्त हुन्छन् । त्यसैले मधुमेहका बिरामीले आरामसँग बदाम खान सक्छन् ।
के हो ग्लाइसेमिक इन्डेक्स ?
कुनै पनि खाद्य वस्तुको ग्लाइसेमिक इन्डेक्स एकदेखि १०० सम्म मापन गरिन्छ । उच्च ग्लाइसेमिक इन्डेक्स भएका खानेकुराबाट मधुमेहका रोगीहरू टाढा रहनुपर्छ । उच्च ग्लाइसेमिक इन्डेक्स भएको खाना खाँदा रगतमा चिनीको मात्रा छिटै बढ्छ । किनकि उच्च जीआई भएको खानेकुराले शरीरमा ग्लुकोज छिटो बढाउँछ ।
कति हुन्छ बदामको ग्लाइसेमिक इन्डेक्स ?
अब बदामको ग्लाइसेमिक इन्डेक्सको कुरा गरौँ । बदामको ग्लाइसेमिक इन्डेक्स मात्र १४ छ, ग्लाइसेमिक लोड चाहिँ एक । त्यसैले मधुमेहका बिरामीका लागि बदाम फाइदाजनक मानिन्छ । तर यसलाई पनि सीमित मात्रामा मात्रै सेवन गर्नुपर्छ ।
मुटुका लागि फाइदाजनक
अरूको तुलनामा मधुमेहका बिरामीमा मुटु रोगको जोखिम बढी हुन्छ । त्यसैले मधुमेहका रोगीले आफ्नो खानपानमा मुटुको स्वास्थ्यका लागि फाइदाजनक हुने कुरामा ध्यान दिनुपर्छ । साथै, स्ट्रोकबाट बच्न पनि यस्तो आहारलाई प्राथमिकता दिनुपर्छ । बदाम खाँदा मुटुको स्वास्थ्यमा सुधार हुने यस्तो अवस्थामा अमेरिकन हार्ट एसोसिएसनले बताएको छ । अर्थात् बदामले मुटुको स्वास्थ्यलाई पनि बलियो बनाउँछ । यसमा पाइने मिनरल्स र फाइबरले मुटुलाई स्वस्थ राख्छ । यसका साथै फाइबरको सहयोगले रगतमा चिनीको मात्रा पनि नियन्त्रण रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण