जनप्रतिनिधिबाट नागरिकले नयाँ किसिमको कार्यसम्पादन खोजिरहेका छन् : मुख्यमन्त्री कँडेल
जाजरकोट । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकले जनप्रतिनिधिबाट नयाँ किसिमको कार्यसम्पादन खोजिरहेको बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश विशेष कार्यक्रम र सार्वजनिक सेवा प्रवाह छलफल कार्यक्रमको जाजरकोट सदरमुकाम खलंगामा शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले परिवर्तित परिस्थितिमा जनताले नयाँ किसिमको कार्यसम्पादन खोजिरहेकोले जिम्मेवारी सम्हाल्ने सबैले जनताको आशयलाई बुझ्न आग्रह समेत गरे ।
‘परिस्थिति विगतभन्दा भिन्न छ, जनताले सेवा प्रवाहलगायतका विषयमा नयाँ–नयाँ अनुभूतिको महसुस खोजिरहेका छन्,’कँडेलले भने, ‘तपाईँहरूको काम सम्पादन पनि सोही अनुरूप बनाउन जरुरी छ ।’
सरकारका जुनसुकै संरचनाको पहिलो काम नागरिकप्रति जबाफदेही र जिम्मेवार बन्नुपर्ने कँडेलको भनाइ थियो । उनले प्रदेश मातहतका निकायलाई उक्त विषयमा ध्यानाकर्षण गराए ।
सरकारले योजनाको लागि बजेट विनियोजन गर्ने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्नेमा कँडेलले जोड दिए । साथै कार्तिक मसान्तसम्म सबै योजनाहरू ठेक्का आह्वानदेखि सम्झौता गरिसक्न कँडेलले निर्देशन दिए ।
निर्णयका लागि मात्रै निर्णय गर्ने परिपाटीको अन्त्य गर्न र प्रदेशसभाले पारित गरेका नीति, कार्यक्रम तथा बजेट प्रभावकारी कार्यान्वयनको तहमा लैजानका कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण