प्रहरी अस्पतालको प्रमुखमा डा. ह्योजु सिफारिस
सोमबार, ०५ कात्तिक २०८१, ०६ : १९
काठमाडौँ । नेपाल प्रहरी अस्पतालको प्रमुखमा डा. सुन्दरप्रसाद ह्योजुलाई बढुवा गर्न सिफारिस गरिएको छ । आइतबार साँझ बसेको बढुवा समितिको बैठकले डीआईजी ह्योजुलाई प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप–समूहतर्फको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको हो ।
यसअघि अस्पतालको प्रमुखमा डा. सञ्जय श्रेष्ठलाई बढुवा गर्न चलखेल भएको थियो । डा. ह्योजु सो अस्पतालका सिनियर चिकित्सक हुन् । एआईजीको प्रतिस्पर्धामा उनीसँगै गोपेश ठाकुर पनि थिए । श्रेष्ठ उनीहरूभन्दा दुई वर्ष जुनियर हुन् ।
एआईजी बढुवाको सिफारिस मन्त्रिपरिषद्बाट सदर हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण