साढे २३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार
काठमाडौँ । सरकारले सोमबार करिब साढे २३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २३ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलका लागि बोलकबोल खुलाएको हो ।
उक्त बिलमध्ये १८ अर्ब ४९ करोड रुपैयाँ बराबरको नवीकरणीय ऋण रहेको छ भने बाँकी ५ अर्ब रुपैयाँ बराबरको नयाँ ऋणपत्र निष्कासन हुँदैछ । यसका लागि बैंक तथा वित्तीय संस्थाले बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युतीय माध्यमबाट बोलकबोलमा सहभागी हुनसक्ने जनाइएको छ ।
बोलकबोल हुने ऋणमध्ये नयाँ ऋणको अवधि २८ दिनको रहेको छ । नवीकरणीय ऋण भने ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको रहेका छन् ।
यसअघि सरकारले यो आर्थिक वर्षमा मात्रै ३५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरिसकेको छ । सरकारले यो वर्ष ३ खर्ब ३० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसमध्ये ट्रेजरी बिल आन्तरिक ऋणको अल्पकालीन औजार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण