असोजमा घट्यो सार्वजनिक ऋण, २५ खर्ब २३ अर्ब तिर्न बाँकी
काठमाडौँ । ऋण प्राप्तिभन्दा भुक्तानीको रकम बढी भएपछि असोज महिनामा नेपालको ऋण दायित्व घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार असोज मसान्तमा नेपालको कुल सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ ।
भदौ मसान्तमा यस्तो ऋण २५ खर्ब २८ अर्ब रुपैयाँ रहेको थियो । भदौको तुलनामा असोज मसान्तमा ५ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋण घटेको हो ।
असोज महिनामा सरकारले ३२ अर्ब २७ करोड रुपैयाँ बराबरको नयाँ ऋण लिएको छ । योसँगै चालु आर्थिक वर्षको ३ महिनामा लिएको ऋण १ खर्ब ३६ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । यो वर्ष सरकारले आन्तरिक र बाह्य समेत गरी कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको ऋण लिने लक्ष्य लिएको छ ।
यसमध्ये आन्तरिक ऋणतर्फ भदौसम्म १ खर्ब १५ अर्ब र बाह्यतर्फ २१ अर्ब ३२ करोड रुपैयाँ बराबरको ऋण लिइएको छ । त्यस्तै, यो वर्ष कुल ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य रहेकोमा असोज मसान्तसम्म ८३ अर्ब ७ करोड ८१ लाख रुपैयाँ खर्च भएको छ । भदौ मसान्तसम्म यस्तो भुक्तानी ४७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण