नेसपामा प्रत्यक्ष निर्वाचनबाट नेतृत्व छनोट हुने, अस्वीकार गर्ने अधिकार विधानमै राखियो

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) ले एक व्यक्ति एक कार्यकारी पद र अधिकतम दुई कार्यकाल को नीति कार्यान्वयनमा ल्याउने भएको छ । नेसपाको प्रस्तावित मस्यौदा विधानमा यस्तो व्यवस्था गरेको हो ।
सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको आधारका पार्टी सञ्चालन हुने, पार्टीको प्रत्येक सङ्गठनात्मक तहमा ठाडो र समतलीय संरचना हुने मस्यौदामा उल्लेख छ । नेतृत्व चयनका लागि प्रत्यक्ष निर्वाचन प्रणाली, प्रत्याव्हान र अस्वीकार गर्ने अधिकारको प्रयोग गरिने विधान मस्यौदामा राखिएको छ ।
मस्यौदा आजदेखि सुरु हुने प्रथम विधान अधिवेशनमा संयोजक डा. बाबुराम भट्टराईले पेस गर्दैछन् । मस्यौदामाथि सामूहिक छलफल पछि मङ्गलवार परिमार्जनसहित पारित हुँदैछ ।
नेसपाको माघमा महाधिवेशन गर्ने निर्णय भइसकेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएपछि नेसपा गठन भएको थियो । तर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने कि नगर्ने विवादका कारण गत चैतमा पार्टी विभाजन भएको थियो । पार्टी विभाजन भएपछि पहिलोपटक विधान अधिवेशन गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी हुँदै छ शिक्षक र सरकारबिचको ९ बुँदे सहमति कार्यान्वयन
-
वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लागेपछि किसान उत्साहित
-
कक्षा १२ को परीक्षा सुरु, परीक्षा हलभित्र मोबाइल फोन र स्मार्ट घडी लैजान निषेध
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज
-
वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध