नेसपामा प्रत्यक्ष निर्वाचनबाट नेतृत्व छनोट हुने, अस्वीकार गर्ने अधिकार विधानमै राखियो
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) ले एक व्यक्ति एक कार्यकारी पद र अधिकतम दुई कार्यकाल को नीति कार्यान्वयनमा ल्याउने भएको छ । नेसपाको प्रस्तावित मस्यौदा विधानमा यस्तो व्यवस्था गरेको हो ।
सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको आधारका पार्टी सञ्चालन हुने, पार्टीको प्रत्येक सङ्गठनात्मक तहमा ठाडो र समतलीय संरचना हुने मस्यौदामा उल्लेख छ । नेतृत्व चयनका लागि प्रत्यक्ष निर्वाचन प्रणाली, प्रत्याव्हान र अस्वीकार गर्ने अधिकारको प्रयोग गरिने विधान मस्यौदामा राखिएको छ ।
मस्यौदा आजदेखि सुरु हुने प्रथम विधान अधिवेशनमा संयोजक डा. बाबुराम भट्टराईले पेस गर्दैछन् । मस्यौदामाथि सामूहिक छलफल पछि मङ्गलवार परिमार्जनसहित पारित हुँदैछ ।
नेसपाको माघमा महाधिवेशन गर्ने निर्णय भइसकेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएपछि नेसपा गठन भएको थियो । तर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने कि नगर्ने विवादका कारण गत चैतमा पार्टी विभाजन भएको थियो । पार्टी विभाजन भएपछि पहिलोपटक विधान अधिवेशन गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण