दक्षिण अफ्रिकी बलर कागिसो राबडाले तोडे वकार युनिसको कीर्तिमान
काठमाडौँ । हाल मिरपुरमा घरेलु टोली बंगलादेश र दक्षिण अफ्रिकाबिचको पहिलो टेस्ट क्रिकेट चलिरहेको छ । पहिलो टेस्टको पहिलो दिन सोमबार बंगलादेशी टोली आफ्नो पहिलो पालीमा केवल एक सय ६ रन बनाउँदै आउट भएको थियो ।
पहिलो पालीमा बंगलादेशलाई सस्तोमा समेटन दक्षिण अफ्रिकी बलर कागिसो राबडाले पनि तीन विकेट हात पारेका थिए । उनले ११ ओभरमा चार मेडन राख्दै केवल २६ रन खर्चिएका थिए । यो खेलमा उनले एउटा गजबको कीर्तिमान पनि बनाएका छन् ।
२९ वर्षीय यी तिब्रगतिका बलर टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा कम बल फालेर तीन सय विकेट पुरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । कागिसो राबडाले पाकिस्तानका पूर्वबलर वकार युनिसको कीर्तिमान तोडेका हुन् ।
कागिसो राबडाले ११ हजार आठ सय १७ बलमा तीन सय विकेटको कोशेढुंगा पुरा गरेका हुन् । यसअघि यो कीर्तिमान वकार युनिसको नाममा थियो । वकार युनिसले १२ हजार ६ सय दुई बलमा तीन सय विकेट पुरा गरेका थिए ।
यो सूचिमा तेस्रो स्थानमा रहेका दक्षिण अफ्रिकाकै पूर्वबलर डेल स्टेनले १२ हजार ६ सय पाँच बलमा तीन सय विकेट लिएका थिए । यो सूचिमा चौथो स्थानमा रहेका दक्षिण अफ्रिकाकै एलन डोनाल्डले भने १३ हजार ६ सय ७२ बलमा यस्तो उपलब्धि हासिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026