बंगलादेशमा डेंगीका बिरामी ५० हजार नजिक
यो वर्षमात्रै दुई सय ४७ को मृत्यु
ढाका । बंगलादेशमा अक्टोबरमा मात्रै डेंगीकारण ८४ जनाको मृत्यु भएको छ । यो डेंगीका कारण यसवर्षकै सबैभन्दा धेरै मासिक मृत्यु हो ।
स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा एक हजार दुई सय ९८ नयाँ डेंगीको मामिला पुष्टि भएका घटनाहरू रिपोर्ट गरेको जनाएको छ । यो संख्यासँगै यस महिनाको कूल संख्या १८ हजार नौ सय ४२ पुगेको छ ।
डिजिएचएसले आइतबार थप छ जनाको मृत्युको पुष्टि गरेको थियो । यसवर्ष बङ्गलादेशमा डेंगीका कारण मृत्यु हुनेको कूल संख्या दुई सय ४७ पुगेको छ ।
डेंगीको थप फैलावट रोक्न बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन नियन्त्रण गर्न र एन्टी–लार्भाल अपरेशनहरू सञ्चालन गर्ने उपायहरूलाई बलियो बनाएका छन् ।
बङ्गलादेशमा सन् २०२३ मा डेंगीका कारण एक हजार सात सय तीन जनाको मृत्यु भएको थियो । जुन सबैभन्दा बढी वार्षिक मृत्युको संख्या हो । त्यसको तुलनामा सन् २०२२ मा दुई सय ८१ र सन् २०१९ मा एक सय ७९ जनको डेंगीका कारण मृत्यु भएको रिपोर्ट गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण