एक वर्षपछि मैदानमा फर्किए नेयमार
रियाद । ब्राजिलका फरवार्ड नेयमार एक वर्षभन्दा बढी समयपछि खेल मैदानमा फर्किएका छन् । देब्रे खुट्टामा लागेको चोट निको भएपछि उनले साउदी क्लब अल हिलालका लागि खेलेको हुन् ।
एसियन च्याम्पियन्स लिगमा यूएई प्रो लिग टोली अल ऐनलाई ५–४ गोलले हराउने क्रममा ३२ वर्षीय खेलाडी ७७ औँ मिनेटमा मैदानमा प्रवेश गरेका थिए ।
नेयरमारलाई सन् २०२३ को अक्टोबर १७ मा चोट लागेको थियो । उनी त्यतिबेला सन् २०२६ को विश्वकप छनोटका लागि उरुग्वेविरुद्धको खेलमा ब्राजिलको राष्ट्रिय टोलीबाट खेलिरहेका थिए । ब्राजिलका लागि सर्वाधिक गोलकर्ता समेत रहेका उनले त्यसको एक महिनापछि खुट्टाको शल्यक्रिया गरेका थिए ।
नेयमार सन् २०२३ को अगस्तमा करिब ९ करोड युरोमा पेरिस सेन्ट जर्मेनबाट साउदी क्लबमा पुगेका हुन् । पीएसजीमा रहँदा पनि उनी अन्तिम दुई सिजन चोटका कारण लामो समय मैदानबाहिर रहेका थिए । अल–हिलालका लागि उनले पाँच खेल खेलेपछि चोटग्रस्त बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण