चीनले बनायो सबैभन्दा छिटो दगुर्ने रोबोट
बेजिङ । चीनले विश्वकै सबैभन्दा छिटो दगुर्ने रोबोट बनाएको छ । रोबोट एरा नाम गरेको कम्पनीले स्टार१ रोबोट बनाएको छ । यो रोबोट अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनीले बनाएको अप्टिमस रोबोटभन्दा पनि छिटो दौडिने बताइएको छ । यो रोबोट प्रतिघण्टा १३ किमीको दरले दौडिन सक्छ । यो यसको सबैभन्दा उच्च गति हो ।
रोबोट ५ दशमलव ६ फिट लामो छ भने यसको तौल ६४ केजी रहेको छ । स्टार१ रोबोटले युनिट्रीको एच१ रोबोटको रेकर्ड तोडेको छ । सन् २०२४ को मार्चमा प्रतिघण्टा १२ किमीका दरको गतिमा दौडिएर सो रोबोटले नयाँ रेकर्ड बनाएको थियो । स्टार१ रोबोट विश्वमै सबैभन्दा छिटो दगुर्ने रोबोट मेशिन भएको दाबी कम्पनीले गरेको छ । कम्पनीले यसको एउटा प्रोमोशनल भिडियो पनि शेयर गरेको थियो ।
मरुभूमिमा परीक्षण
भिडियो चीनको गोबी मरुभूमिमा खिचिएको हो । यसमा दुई वटा स्टार१ रोबोट जुत्ता लगाएर एक अर्कासँगै दौडको बाजी लगाइरहेका देखिन्छन् । यहाँ वैज्ञानिकहरूले रोबोट पनि स्निकर लगाएर दौडिन सक्छ भन्ने देखाउन खोजेका थिए । रोबोटलाई ऊर्जा दिन हाइ–टर्क मोटर र एआई अल्गोरिदमको प्रयोग गरिएको थियो ।
जुत्ता लगाएर दौडिएका यी रोबोट बालुवा, घाँस र उबडखाबड ठाउँमा पनि दौडिएका थिए । स्टार! ह्युमनोइड रोबोट हो । झट्ट हेर्दा यो मान्छे जस्तै देखिन्छ । टेस्ला समेत अन्य कयौं कम्पनीहरुले यस्तै खालको रोबोट बनाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण