चीनले बनायो सबैभन्दा छिटो दगुर्ने रोबोट

बेजिङ । चीनले विश्वकै सबैभन्दा छिटो दगुर्ने रोबोट बनाएको छ । रोबोट एरा नाम गरेको कम्पनीले स्टार१ रोबोट बनाएको छ । यो रोबोट अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनीले बनाएको अप्टिमस रोबोटभन्दा पनि छिटो दौडिने बताइएको छ । यो रोबोट प्रतिघण्टा १३ किमीको दरले दौडिन सक्छ । यो यसको सबैभन्दा उच्च गति हो ।
रोबोट ५ दशमलव ६ फिट लामो छ भने यसको तौल ६४ केजी रहेको छ । स्टार१ रोबोटले युनिट्रीको एच१ रोबोटको रेकर्ड तोडेको छ । सन् २०२४ को मार्चमा प्रतिघण्टा १२ किमीका दरको गतिमा दौडिएर सो रोबोटले नयाँ रेकर्ड बनाएको थियो । स्टार१ रोबोट विश्वमै सबैभन्दा छिटो दगुर्ने रोबोट मेशिन भएको दाबी कम्पनीले गरेको छ । कम्पनीले यसको एउटा प्रोमोशनल भिडियो पनि शेयर गरेको थियो ।
मरुभूमिमा परीक्षण
भिडियो चीनको गोबी मरुभूमिमा खिचिएको हो । यसमा दुई वटा स्टार१ रोबोट जुत्ता लगाएर एक अर्कासँगै दौडको बाजी लगाइरहेका देखिन्छन् । यहाँ वैज्ञानिकहरूले रोबोट पनि स्निकर लगाएर दौडिन सक्छ भन्ने देखाउन खोजेका थिए । रोबोटलाई ऊर्जा दिन हाइ–टर्क मोटर र एआई अल्गोरिदमको प्रयोग गरिएको थियो ।
जुत्ता लगाएर दौडिएका यी रोबोट बालुवा, घाँस र उबडखाबड ठाउँमा पनि दौडिएका थिए । स्टार! ह्युमनोइड रोबोट हो । झट्ट हेर्दा यो मान्छे जस्तै देखिन्छ । टेस्ला समेत अन्य कयौं कम्पनीहरुले यस्तै खालको रोबोट बनाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
श्रमिकका अधिकार सुनिश्चित गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता
-
धनगढीको डिपो गोदावरीमा सार्ने विषय रद्द, अन्त सार्ने कुरा कता हरायो ?
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति
-
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
-
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छ : उपराष्ट्रपति यादव