नेपाल संवत् ११४५ लाई भव्य रूपमा मनाऔँ : उपप्रधानमन्त्री सिंह
मङ्गलबार, ०६ कात्तिक २०८१, १२ : ५१
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत् ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री सिंहले आउँदै गरेको नेपाल संवत् ११४५ लाई नयाँ वर्षका रूपमा मनाउनुपर्ने बताएका हुन् । उनले न्यू दया भिन्तुना:को उपलक्ष्यमा देशवासीलाई सुख, समृद्धि प्राप्ते हुने विश्वाससमेत व्यक्त गरे ।
उनले भने, ‘उपस्थित सम्पूर्ण महानुभावहरूलाई आउँदै गरेको नेपाल संवत् ११४५ को नयाँ वर्ष हामी मनाउँदै छौँ । न्हुदय भिन्तुनाको उपलक्ष्यमा म देशका सबै आमाबुबा, दाजुभाइ, दिदीबहिनी सबैलाई र नेपालमा मात्र नभई विदेशमा बस्नेहरूलाई पनि ११४५ को अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु । सबै जना मिलेर सबैले प्रशंसा गर्न लायकको कार्यक्रम हामीले अघि बढाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण