अमेरिकी धार्मिक नीतिविरुद्ध विप्लवको पार्टीको विरोध
काठमाडौँ । अमेरिकाले अन्तर्राष्ट्रियस्तरमा धार्मिक सञ्जाल खडा गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले विरोध गरेको छ ।
सो पार्टीका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर सीले मंगलबार विज्ञप्ति जारी गर्दै अमेरिकाको उक्त कदमको विरोध गरेका हुन् ।
सीले जारी गरेको विज्ञप्तिमा अमेरिकाले संसारभर धर्मको आडमा आफ्नो अभियान चलाउने नीति अनुसार अमेरिकाले ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता वा आस्था गठबन्धन’ नामक सञ्जाल बनाएको उल्लेख छ ।
‘उक्त साम्राज्यवादी नीतिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । अमेरिकाले जसरी धार्मिक स्वतन्त्रताको प्रचार गरेको छ वास्तवमा त्यो जनताको धर्मप्रतिको स्वाभाविक चिन्ता नभएर कथित अमेरिकी स्वार्थ पूरा गर्न अघि सारिएको धर्म राजनीति हो’, विज्ञप्तिमा भनिएको छ । साथै नेकपाले अमेरिकाको उक्त कदमले अन्य देशको सार्वभौमिकता, स्वतन्त्रता, आन्तरिक मामिला र मौलिक संस्कृतिमा हस्तक्षेप गर्नेमात्र नभई देशहरूमा अराजकता सिर्जना गर्दै धार्मिक असहिष्णुता निम्त्याउने बताएको छ ।
‘उक्त अमेरिकी नीतिले नेपालको स्वाधीनता,परम्परा, नेपालीजनका स्थानीय रीतिरिवाज र संस्कारलाई तहसनहस पार्ने देखिन्छ । तसर्थ अमेरिकाको यस्तो हस्तक्षेपकारी नीतिको हाम्रो पार्टी कडा शब्दमा विरोध गर्दछ साथै यस्ता कुटिल चालबाट जनतालाई सचेत हुनका लागि विशेष अपिल गर्दछ’, सो पार्टीले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण