भारतले प्यालेस्टिनी जनताका लागि पठायो खाना र औषधि
मङ्गलबार, ०६ कात्तिक २०८१, १३ : २६

नयाँ दिल्ली । भारतले प्यालेस्टाइनका जनतालाई मद्दतका लागि राहत सामाग्री पठाएको छ । संयुक्त राष्ट्र संघको शरणार्थी संस्था यूएनआरडब्ल्यूएमार्फत ती सहायता पठाइएको हो । सहायताको पहिलो खेपमा भारतबाट ३० टन खाद्यान्न र औषधि पठाइएको छ ।
मंगलबार रवाना भएको सहायताको पहिलो खेपमा कयौँ अत्यावश्यक र सामान्य औषधिहरू बाहेक शल्यक्रियामा प्रयोग हुने उपकरण र हाई एनर्जी बिस्कुटहरू पनि थिए । परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जालमा पोस्टमार्फत जानकारी दिएका हुन् ।
इजरायल र प्यालेस्टाइनबिच जारी द्वन्द्वले ठुलो सङ्ख्यामा सर्वसाधारण प्रभावित भइरहेका छन् । द्वन्द्वमा ठुलो सङ्ख्यामा मानिसको मृत्यु पनि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित