भारतले प्यालेस्टिनी जनताका लागि पठायो खाना र औषधि
मङ्गलबार, ०६ कात्तिक २०८१, १३ : २६
नयाँ दिल्ली । भारतले प्यालेस्टाइनका जनतालाई मद्दतका लागि राहत सामाग्री पठाएको छ । संयुक्त राष्ट्र संघको शरणार्थी संस्था यूएनआरडब्ल्यूएमार्फत ती सहायता पठाइएको हो । सहायताको पहिलो खेपमा भारतबाट ३० टन खाद्यान्न र औषधि पठाइएको छ ।
मंगलबार रवाना भएको सहायताको पहिलो खेपमा कयौँ अत्यावश्यक र सामान्य औषधिहरू बाहेक शल्यक्रियामा प्रयोग हुने उपकरण र हाई एनर्जी बिस्कुटहरू पनि थिए । परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जालमा पोस्टमार्फत जानकारी दिएका हुन् ।
इजरायल र प्यालेस्टाइनबिच जारी द्वन्द्वले ठुलो सङ्ख्यामा सर्वसाधारण प्रभावित भइरहेका छन् । द्वन्द्वमा ठुलो सङ्ख्यामा मानिसको मृत्यु पनि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण