नेसपाको पछाडि ‘नयाँ शक्ति’ थप्न सुझाव
काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति सदस्य सङ्ख्या १९९सदस्यीय पुर्याउन सुझाव आएको छ । सोमबारदेखि पोखरा सभाहलमा जारी प्रथम विधान अधिवेशनमा सहभागी अधिकांशले केन्द्रीय समितिको सङ्ख्या बढाउन सुझाव दिएका हुन् ।
प्रस्तावित विधान मस्यौदामा भने नेसपाले १५१ सदस्यीय केन्द्रीय समिति रहने प्रस्ताव गरेको थियो । यस्तै पार्टीको नामको पछाडि नयाँ शक्ति राख्न अधिकांशले सुझाव दिएका छन् ।
यस्तै पदाधिकारी सङ्ख्या भने १७ सदस्यीयबाट घटाएर ११ सदस्यीय बनाउनुपर्ने अधिकांशको जोड रहेको केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार पार्टीको झन्डा र चुनाव चिह्न एउटै राख्नुपर्ने सुझाव आएको छ ।
पहिला पार्टीको झन्डा र चुनाव चिन्न अलगअलग रहेको थियो । अब झन्डा र चुनाव चिन्ह आँखा रहनुपर्ने मत आएको छ ।
‘पहिला झन्डा र चुनाव चिन्ह अलग अलग थियो । अहिले एउटै राख्ने अधिकांशको मत आएको छ । समाजवादी हाम्रो कार्यदिशा हो । ०७२ मा सुरु गरेको नयाँ शक्तिलाई विकल्पमा राखिएको छ । पार्टीको नाम नेपाल समाजवादी पार्टी रहनेछ’, उनले भने, ‘पछाडि कोष्ठमा नयाँ शक्ति रहनेछ । यसको अर्थ अन्य दलभन्दा फरक र देशको आवश्यकता अनुरूपको वैकल्पिक पार्टी भन्ने बुझिन्छ । नयाँ शक्तिकै निरन्तरता हुने गरी राख्ने ९९ प्रतिशतको सुझाव आयो ।’
यस्तै निर्वाचन प्रक्रिया प्रत्यक्ष निर्वाचित हुने गरी सुझाव आएको पोखरेलले जानकारी दिए । विधान मस्यौदामाथि छलफल गर्न नेसपाले १० समूह बनाइएको थियो । अहिले सबै समूहको छलफल सकिएको उनले बताए । संयोजक डा. बाबुराम भट्टराईले जवाफ दिएपछि विभिन्न निर्णय गर्दै अधिवेशन आजै सकिने पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण