‘तेल भिसा’को ‘कति रमाइलो’ गीतमा विपिन र वर्षा सहित थुप्रै कलाकारको ठुम्का
काठमाडौँ । शंकर घिमिरे निर्देशित फिल्म ‘तेल भिसा’ को गीत ‘कति रमाइलो’ सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमकाबिच सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार विपिन काकी, वर्षा राउत, पूजा चन्द, सुशील क्षेत्री, ऋचा घिमिरे, दिलीप रायमाझी, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुँवर लगायतको अभिनय छ ।
अन्जु पन्त र आशिष अविरलको स्वर रहेको गीत आशिषले नै संगीत भरेका हुन् । गीतका शब्द एकनारायण भण्डारीको छ । अमेरिकामा खिचिएको भिडियोलाई शिशिर खातीले कोरियोग्राफी गरेका हुन् ।
‘तेल भिसा’ मार्फत घिमिरेले निर्देशनमा कमब्याक गरेका हुन् । लेखनसमेत घिमिरेरकै रहेको फिल्म मार्फत ऋचा घिमिरे र पूजा चन्दले पनि अभिनयमा कमब्याक गरेका छन् ।
सुशील, दिलीप, अरुणिमा, उषा लगायतका कलाकारले भने यसै गीतमा मात्र अभिनय गरेको बताइन्छ ।
मंसिर ७ गते रिलिज हुने फिल्मको ऋचा घिमिरे प्रस्तुतकर्ता र अनिल पाण्डे र शिवराज कार्की निर्माता हुन् । विपिन कार्कीले फिल्ममा वृद्ध र जवान गरी भूमिकामा अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण