राजनीति
सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु
बुधबार, ०७ कात्तिक २०८१, ०९ : ५१
काठमाडौँ । सत्तारुढ दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहकारमा सहभागी सबै दलका नेता सहभागी छन् ।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेका छन् । त्यसअघि गठबन्धन दलसँग छलफल भएको हो ।
साथै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र सरकाले ल्याउने चर्चा भएको दल विभाजन सम्बन्धी अध्यादेशबारे पनि छलफल हुने बताइएको छ ।
सरकारका सय दिने उपलब्धि सार्वजनिक गर्नुअघि प्रधानमन्त्रीले बोलाएको सत्तारुढ दलको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेताहरू ईश्वर पोखरेल, शङ्कर पोखरे, विष्णु रिमाल, तमलोपाका नेता महन्थ ठाकुर,शरदसिंह भण्डारी, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ, जनमतका सीके राउतलगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण