कांग्रेस–एमाले म्याद गुज्रेको औषधि जस्ता : सापकोटा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले कांग्रेस र एमाले म्याद सकिएको औषधि जस्तो भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कमजोर भइसकेको उल्लेख गर्दै उनले यसमा एक धक्का लगाउन मात्र बाँकी रहेको बताए ।
कात्तिक १० गते हुने खबरदारी सभाको बारेमा प्रेस सेन्टरका पदाधिकारीसँग छलफल गर्दै उनले माओवादीका लागि ठुलो अवसर आएको र यसलाई क्यास गर्नु पर्ने धारणा राखे ।
प्रधानमन्त्री ओलीको विचार र विवेक शून्य भइसक्यो त्यो कुरा युनएनको महासभामा गएको बेला अमेरिकामा दिएको अभिव्यक्ति तथा त्यहाँबाट फर्केपछि एयरपोर्टमा दिएको अभिव्यक्तिले उनको बारेमा सबै कुरा स्पष्ट भएको उनले बताए ।
चेतना शून्य भएको बेला विवेक पनि शून्य हुने गरेको बताउँदै उपाध्यक्ष सापकोटाले प्रधानमन्त्रीको क्रियाकलापबाट कांग्रेस पनि सन्तुष्ट नरहेको बताए ।
भारी वर्षाको कारण आएको बाढी पीडितलाई सरकारले राहत दिन नसकेको बताउँदै उनले १०० दिन पुगेको अवसरमा सरकारले देखाएको कामबाट पनि यो सरकार शून्य अवस्थामा पुगेको पुष्टि भएको बताए ।
एमालेलाई पहिलो पार्टी बनाउन प्रधानमन्त्री ओली जस्तो सुकै कदम चाल्न तयार रहेको बताउँदै उनले प्रधानमन्त्री ओली अरूको पार्टी फुटाएर संसद् विघटन गर्ने योजनामा रहेको दाबी गरे ।
माओवादीलाई छिमेक देशले पनि सहयोग गर्न तयार रहेको बताए । खबरदारी सभाका लागि माओवादीले भोलि पत्रकार सम्मेलनको योजना गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण