कान्ति लोकपथमा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु
बुधबार, ०७ कात्तिक २०८१, १२ : २४
हेटौँडा । हेटौँडालाई काठमाडौँसँग जोड्ने कान्ति लोकपथ अन्तर्गत ललितपुरको बगुवामा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भट्टेडाँडा प्रहरी चौकीले दिएको जानकारी अनुसार दक्षिण ललितपुरको बगुवा नजिकै मासखोलास्थित कान्तिलोकपथमा ग २ च ९६६८ नम्बरको कुखुरा बोकेर हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बोलेरो गाडी बुधबार बिहान् दुर्घटनामा परेको हो ।
प्रहरी चौकीका अनुसार गाडी दुर्घटनापछि चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । चालक चितवन १६ भरतपुरका अन्दाजी २७र२८ वर्षीय भरत लामिछाने रहेको प्रहरीले जानकारी दिएको छ । सहचालकको परिचय खुल्न सकेको छैन । गम्भीर घाइते भएका उनलाई उद्धारगरि उपचारका लागि पाटन अस्पताल लगिएको छ । गाडी सडकबाट खसेर भीरमा ४र५ सय मिटर तल पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण