गाजा मुद्दामा इजरायललाई अमेरिकीले दियो यस्तो चेतावनी
तेल अभिभ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार अमेरिकी प्रशासनले गाजा मुद्दामा इजरायललाई चेतावनी दिएका छन् । इजरायली नेताहरूलाई उत्तरी गाजामा घेराबन्दीमा परेका नागरिकहरूलाई मानवीय सहायता उपलब्ध गराउन ‘अझ धेरै गर्न आवश्यक रहेको’ अमेरिकाको प्रतिक्रिया छ ।
उनका अनुसार इजरायलले यस विषयमा कारबाही गरेन भने यसविरुद्ध अमेरिकी कानुनको दायरा बढ्न सक्ने चेतावनी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दिएका छन् । मङ्गलबार ब्लिन्केनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, रक्षामन्त्री योआव गालान्ट, रणनीतिक मामिलामन्त्री रोन डर्मर र वरिष्ठ सैन्य अधिकारीहरूसँग जेरुसेलम र तेल अभीभमा भेटवार्ता गरेका थिए ।
यी बैठक क्षेत्रीय भ्रमणको हिस्सा हुन् । यसलाई अमेरिकाले गत हप्ता गाजामाथि इजरायलले गरेको हमलामा हमासका नेता याह्या सिनवारको हत्यापछि कूटनीति पुनः सुरु गर्ने अवसरको रूपमा हेरेको छ । गाजामा सर्वसाधारण मारिने क्रमलाई रोक्न अमेरिका असफल भएको भन्दै उसको आलोचन चुलिरहेको छ । आलोचना बढिरहँदा इजरायललाई ब्लिन्केनले स्पष्ट सन्देश दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण