‘स्न्यापच्याट’ बन्दै गइरहेको छ व्हाट्सएप, फिल्टरसहितको क्यामरा इफेक्ट परीक्षणमा
काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी मेटाको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिङ एप व्हाट्सएप बिस्तारै स्न्यापच्याट बन्दै गइरहेको छ । ह्वाट्सएपले विगत केही महिनादेखि स्न्यापच्याटसँग मिल्दोजुल्दो फिचरहरू ल्याइरहेको छ । अब कम्पनीले एकैसाथ कयौ नयाँ फिचरहरू परीक्षण गरिरहेको छ जुन पूर्ण रूपमा स्न्यापच्याटसँग मिल्दोजुल्दो भएको बताइएको ।
रिपोर्टका अनुसार कम्पनीले व्हाट्सएपमा क्यामेरा इफेक्ट उपलब्ध गराउने तयारी गरिरहेको छ र यसको परीक्षण पनि भइरहेको छ । नयाँ अपडेट पछि व्हाट्सएपमा कयौं क्यामेरा इफेक्टहरू उपलब्ध हुनेछ । यसबाहेक, फिल्टरहरू पनि उपलब्ध हुनेछन् ।
पृष्ठभूमिका लागि पनि अनेक विकल्पहरू उपलब्ध हुनेछन् । प्रयोगकर्ताको अनुहारका लागि मात्रै पनि धेरै इफेक्ट र फिल्टरहरू ल्याइनेछ । यी सबै सुविधाहरू भिडियो कलिङको समयमा उपलब्ध हुनेछन् ।
फचर ट्र्याकर डब्ल्यूएबेटाइन्फोको रिपोर्टका अनुसार यो सुविधा एन्ड्रोइडका लागि व्हाट्सएप बिटा संस्करण २.२४.२२.०१ मा देखिएको छ । यो भर्जन अहिले प्ले स्टोरमा पनि उपलब्ध रहेको बताइएको छ । यो फिचर बिटा भर्सनमा देखिने भएपनि हाल यो केही बिटा टेस्टरका लागि मात्र उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण