विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु
विराटनगर । प्रदेश राजधानी विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले जडान गरेको ट्राफिक लाइटको पहिलो चरणमा परीक्षण सुरु गरिएको छ ।
केही दिनको परीक्षण गरेपछि मात्रै ट्राफिक लाइटको पूर्ण कार्यान्वयनमा लैजाने मेयर नागेश कोइरालाले बताए । मेयर कोइरालाको उपस्थितिमा ट्राफिक प्रहरी, नगर प्रहरी, इन्जिनियर, परामर्शदाता लगायतसँग बुधबार भएको छलफलपछि पहिला परीक्षण गर्ने र त्यसपछि नियमित कार्यान्वयनमा लाने निर्णय भएको हो । परीक्षण नगरी कार्यान्वयनमा जाँदा ट्राफिक व्यवस्थापन समस्या आउने निष्कर्षसहित पहिलो चरणमा पाँचवटै लाइटको परीक्षण गरिने भएको हो । लाइटको परीक्षण सँगसँगै सर्वसाधारणमा सचेतनामूलक सन्देशसमेत प्रवाह गरिने मेयर कोइरालाले बताए । ‘ट्राफिक प्रहरी र नगर प्रहरीले ट्राफिक लाइटको परीक्षणका क्रममा देखिएका समस्याहरूको पहिचान गरी समाधानको उपायसहित महानगरलाई सुझाव दिनेछ,’ उनले भने, ‘त्यसपछि समस्या देखिएमा समाधान गरिने र नदेखिएमा नियमित कार्यान्वयनमा लगिनेछ ।’
ट्राफिक प्रहरीसँगको समन्वयमा नगर प्रहरीले पनि ट्राफिक लाइटमार्फत विराटनगरको ट्राफिक व्यवस्थापन गर्न सघाउनेछ । पाँचवटै स्थानमा ट्राफिक लाइट जडान र आवतजावतका लागि ट्राफिक सङ्केत चिन्ह (रोड मार्किङ) समेत राखिसकिएको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए । उनका अनुसार परीक्षणपश्चात् ट्राफिक लाइटको औपचारिक रूपमा उद्घाटन गरिनेछ । उद्घाटनपछि भने लाइटमार्फत नियमित ट्राफिक व्यवस्थापन गरिनेछ ।
महानगरले ७७ लाख रुपैयाँको लागतमा विराटनगरको तीनपैनी, जलजला, कञ्चनबारी, रोडशेष र घाँसचोकमा ट्राफिक लाइट जडान गरिसकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिकाभित्र दैनिक करिब ९५ हजार सवारी साधन गुड्ने गरेका छन् । यसअघि प्रदेश सरकारले बरगाछीमा ट्राफिक लाइट जडान गरेर नियमित कार्यान्वयनमा ल्याइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण