संघीय मामिला मन्त्रालयले १ वर्षमा पिउने पानीमा गर्यो २० लाखभन्दा बढी खर्च, गाडी मर्मतमा ६३ लाख स्वाहा !
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ वर्षको अवधिमा पिउने पानीका लागि २० लाख ३७ हजार ३२८ रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को १ वर्ष अवधिमा पिउने पानीका लागि सो रकम खर्च गरेको हो ।
मन्त्रालयले विभिन्न फर्म तथा कम्पनीसँग खानेपानी खरिद गर्ने गरेको छ । मन्त्रालयले पानी आपूर्तिकर्ताको विवरण भने दिन मानेन । सिंहदरबारभित्रै पानी प्रशोधन प्लान्ट रहेपनि सिंहदरबारका मन्त्रालय तथा विभिन्न निकायहरूले बाहिरी फर्म तथा कम्पनीसँग पानी खरिद गर्दै आएका छन् ।
सूचनाको हक प्रयोग गरेर रातोपाटीले सूचना माग्दा संघीय मामिला मन्त्रालयले १ वर्षको अवधिमा ६३ लाख ४१ हजार १५७ रुपैयाँ गाडी मर्मतका लागि खर्च गरेको विवरण दिएको छ । २ पाङ्ग्रे र ४ पाङ्ग्रे सवारी साधन मर्मतका लागि भएको यो खर्च भुक्तानी भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कुन फर्म कम्पनीबाट कुन कुन सवारी साधन मर्मत गरेको हो सो बारेको सूचना दिन भने इन्कार गरेको छ ।
यस्तै सो मन्त्रालयले १ वर्षको अवधिमा पत्रपत्रिका खरिदमा ३ लाख ६५ हजार ११० रुपैयाँ खर्च गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण