विश्वमा भएका हिंसा र तनावबाट चिन्तित छौँ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले छिमेक सम्बन्धलाई न्यायोचित र राष्ट्रिय हितमा अडिँदै पारस्पारिक लाभ र सम्मानका आधारमा अघि बढाएको बताएका छन् ।
बुधबार सरकारको १०० दिने कामहरू सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले छिमेक सम्बन्धलाई न्यायोचित र राष्ट्रिय हितमा अडिँदै पारस्पारिक लाभ र सम्मानका आधारमा अघि बढाएको बताएका हुन् ।
उनले स्पष्टता र सुमधुरपूर्ण छिमेक सम्बन्ध, शान्तिपूर्ण, जिम्मेवार विश्व सम्बन्ध चाहेको पनि बताए ।
‘विश्वका कतिपय भूभागमा भएका हिंसा र तनावबाट चिन्तित छौँ’, प्रधानमन्त्रीको भनाइ छ ।
उनले वार्ताको माध्यमबाट सबै तनावको समाधान चाहेको र सबै शान्तिपूर्ण समाधानमा लाग्न आग्रह समेत गरे । उनले सरकार बनेदेखि नै विरोध सुरु भएको भन्दै यसको कारण साम्प्रदायिक विद्वेष खडा गर्ने, उद्योग बन्द गर्ने, वाणिज्य क्षेत्र तहसनहस पार्ने रहेको पनि बताए । यसकै आधारमा मुलुकलाई प्रतिगमनतर्फ लैजाने काम भएको भन्दै मुलुकलाई त्यसतर्फ लैजान नदिने प्रधानमन्त्रीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण