सय दिनमा सरकार धेरै राम्रो काम गर्न सफल : राणा
बुधबार, ०७ कात्तिक २०८१, १६ : ४०
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकारले सय दिनमा धेरै राम्रो काम गर्न सफल भएको दाबी गरेकी छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले देशको बिग्रेको अवस्थाबाट सरकार सम्हालेको भन्दै अहिलेसम्म आइपुग्दा धेरै राम्रा काम गर्न सफल भएको बताएकी हुन् ।
उनले वर्तमान सरकारप्रति नागरिकको अपेक्षा धेरै भएकाले त्यसअनुसार शतप्रतिशत काम गर्न भने गर्न नसकेको जिकिर गरिन् । हालैको बाढीपहिरो पछिको उद्धार, राहत र सडक सञ्जाल छिटै सञ्चालन गर्न सफल भएको उनले बताइन् ।
मन्त्री राणाले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा भएका काम कारबाहीको सुरुवाती सङ्केत निकै राम्रो भएको दाबी गरिन् । फरक प्रसङ्गमा, उनले कानुनी प्रक्रियाका आधारमा सहकारी प्रकरणमा छानबिन भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण