एमालेलाई दिएको जग्गा विवादको रिट न्यायाधीश सुवेदीको इजलासमा पेसी
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन विवादित व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्धको रिट न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी तोकिएको छ।
अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा बिहीबार पहिलो सुनुवाइ हुन लागेको हो । यसअघि उक्त रिट दरपिठ भएको थियो । दरपिठ इजलासले बदर गरेर दर्ता गर्न आदेश गरेपछि मंगलवार रिट दर्ता भएको थियो ।
विभिन्न भ्रष्टाचारका घटनामा आरोपित भई अदालतमा मुद्दा विचाराधीन रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन भन्दै गत असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए। सोही दिन प्रधानमन्त्री ओलीको दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए।
मुलुकको कार्यकारी पदमा बसेर दानका रूपमा विवादित व्यवसायीबाट यति ठूलो सम्पत्ति दान लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै ज्ञानकुमार बस्नेतले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्।
यसअघि सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले गरेको दरपिठ न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले बदर गर्दै उक्त रिट दर्ता गर्न आदेश दिएको थियो ।
सर्वोच्चले आज गर्ने आदेशले उक्त जग्गाको भविष्य निर्धारण गर्ने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण