एमालेलाई दिएको जग्गा विवादको रिट न्यायाधीश सुवेदीको इजलासमा पेसी

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन विवादित व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्धको रिट न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी तोकिएको छ।
अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा बिहीबार पहिलो सुनुवाइ हुन लागेको हो । यसअघि उक्त रिट दरपिठ भएको थियो । दरपिठ इजलासले बदर गरेर दर्ता गर्न आदेश गरेपछि मंगलवार रिट दर्ता भएको थियो ।
विभिन्न भ्रष्टाचारका घटनामा आरोपित भई अदालतमा मुद्दा विचाराधीन रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन भन्दै गत असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए। सोही दिन प्रधानमन्त्री ओलीको दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए।
मुलुकको कार्यकारी पदमा बसेर दानका रूपमा विवादित व्यवसायीबाट यति ठूलो सम्पत्ति दान लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै ज्ञानकुमार बस्नेतले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्।
यसअघि सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले गरेको दरपिठ न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले बदर गर्दै उक्त रिट दर्ता गर्न आदेश दिएको थियो ।
सर्वोच्चले आज गर्ने आदेशले उक्त जग्गाको भविष्य निर्धारण गर्ने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा प्रभातफेरी
-
धराप फुटपाथमा जोखिमपूर्ण यात्रा (तस्बिरहरू)
-
सिन्धु सम्झौता उल्लंघन गरे भारतमाथि आक्रमण गर्ने पाकिस्तानी रक्षामन्त्रीको चेतावनी
-
गोवामा जात्राको क्रममा भागदौड, ७ जनाको मृत्यु, घाइते २० को अवस्था गम्भीर
-
जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन
-
अस्ट्रेलियामा आम चुनावको मतदान सुरु