चिडियाखानामा ब्याक्टेरियल प्रकोप फैलिँदा १२ बाँदर मरे
बिहीबार, ०८ कात्तिक २०८१, ११ : ०७
हङकङ । हङकङको एउटा चिडियाखानामा ब्याक्टेरियल संक्रमणका कारण धमाधम बाँदर मरिरहेका छन् । विगत १० दिनमा १२ वटा बादर मरेको समाचारमा उल्लेख छ ।
डी ब्राज्जा जातको बाँदरलाई १३ अक्टोबरदेखि आइसोलेशनमा राखिएको थियो । चिडियाखानामा आठौँ बाँदरको मृत्यु भएपछि यस बाँदरलाई छुट्टै राख्न थालिएको थियो ।
बाँदरलाई थुनेर राखेको ठाउँ नजिकैको माटो खन्ने क्रममा कामदारहरूको जुत्तामा सङ्क्रमित माटो टाँसिएर आएको हङकङको संस्कृति, खेल तथा पर्यटन सचिवलयले स्थानीय टिभी च्यानल आरटीएचकेलाई बताएको छ ।
अहिले यो सङ्क्रमण मानवमा फैलिने जोखिम निकै कम भएको हङकङ विश्वविद्यालयका पशु महामारी विज्ञ डिर्क फेइफरले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण