बेलबारी गोल्डकप : झापा ११ फाइनलमा
बेलबारी । बुटवल लुम्बिनीविरिुद्ध २–० गोल अन्तरको जीत निकाल्दै झापा ११ फुटबल क्लब मोरङको बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपकोे फाइनलमा प्रवेश गरेको छ ।
झापाको जीतका लागि दुवै गोल आशिष चापागाईंले गरेका हुन् । उजले २८ औँ मिनेटमा प्रदीप बुढाथोकीको पासमा टिमका लागि पहिलो गोल गरेका गरे । झापाले दोस्रो गोल पेनाल्टीमार्फत गर्यो ।
खेलको ८९ औँ मिनेट बुटवल लुम्बिनी फुटबल क्लबले गोल गर्ने राम्रो मौका गुमायो । एरिक विष्टले प्रहार गरेको बल पोष्टबार छुँदै बाहिरिएपछि बुटवल लुम्बिनी २–० गोलको हार व्योहोर्दै खेदबाट फर्किएको छ ।
आशिष प्लेयर अफ द म्याच घोषित हुनुभयो । चापागाईंलाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले नगद रु पाँच हजारसहित ट्रफी प्रदान गरे । दोस्रो सेमिफाइनल खेल शुक्रबार चित्लाङ फुटबल क्लब काठमाडौँ र सलहेस फुटबल क्लब सिराहाबीच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण